गोठालो गएका दुई किशोरी जंगलमा मृत फेला

काठमाण्डु टुडे २०८१ माघ १३ गते ८:१८ मा प्रकाशित

अछाम, १३ माघ– अछाममा दुई किशोरी मृत फेला परेका छन् ।

ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी र उदय खड्काकी छोरी सरस्वती सोही गाउँपालिका–१ स्थित जंगलमा मृत भेटिएका हुन् ।

अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाका अुनसार शुक्रबार दिउँसो गोठालो गएका उनीहरु शनिबार मृत फेला परेका हुन् ।

गाई बस्तु लिएर उनीहरु घर नफर्किएपछि स्थानीयले खोजी गरेका थिए । खोजी गर्ने क्रममा उनीहरु जंगलमा एकै ठाउँमा मृत अवस्थामा भेटिए ।

देउवाका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us