रुकुम पश्चिम, १२ माघ– रूकुम पश्चिममा प्रेमी प्रेमिका सँगै मृत भेटिएका छन् ।
त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षीया सपना पुनमगर मृत भेटिएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिम प्रहरीका सूचना अधिकारी ऋषि पाठकले उनीहरु प्रेम विवाहका लागि घरबाट भागेको जानकारीमा आएको बताए ।
उनीहरु चार महिनाअघि प्रेम विवाह गर्ने भन्दै भागेका थिए । शनिबार बिहान लोकेन्द्रको अस्थायी टहरमा उनीहरु मृत भेटिएको स्थानीयले बताएका छन् । घटना हुँदा लोकेन्द्रका आमाबुबा घरमा थिएनन् ।