काठमाण्डू, १२ माघ– ताप्लेजुङमा पाथीभरा केबलकार बनाउने विवादले शनिवार फेरी उग्र रूपमा परिर्वतन भएको छ । केबलकारको विरोध गर्दै आएको पहिचानवादी समूहले प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रमुख जिल्ला अधिकारीमाथि ज्यान मार्ने धम्की दिएको स्रोतले जानकारी दिएको छ ।
पहिचानवादी समूहबाट आफूलाई ज्यान मार्ने धम्की आएको प्रमुख जिल्ला अधिकारी(सिडिओ) नेत्र शर्माले जानकारी दिएका छन । पहिचान पक्षधर बताउने प्रतीक मादेनलगायतको समूहले आफूलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएको उनले जानकारी जानकारी दिएका छन ।
यस्तै विरोधी समूहले फुङलिङ नगरपालिका–११ वनडाँडामा गस्तीमा गएको सशस्त्र प्रहरी टोलीमाथि नै ढुंगामुडा समेत गरेको छ । जसबाट तीन जना घाइते भएको सिडिओ शर्माले जानकारी दिएका छन । यसअघि कात्तिकमा पनि केबलकार निर्माणको विषयलाई लिएर झडप भएको थियो ।