जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाण्डु टुडे २०८१ माघ १२ गते १५:१५ मा प्रकाशित

काठमाण्डू, १२ माघ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा छलफल गर्न जसपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको हो ।

शनिबार पर्साको वीरगञ्जस्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको उपमहासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिएका छन ।

‘हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक प्रारम्भ भएको छ । बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक तथा समसामयिक तथा पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा गहन छलफल हुनेछ ।’

बैठकमा केन्द्रीय अध्यक्ष राई, संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री यादव, उपाध्यक्ष सुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बू, महासचिव मोहम्मद इश्तियाक राई, सचिव वीरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झालगायत केन्द्रीय समितिका सदस्यहरूको सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us