काठमाण्डू, १२ माघ– गुल्मीमा एक जना महिला मृत अवस्थामा भेटिएकी छन । गुल्मीको मालिका गाउँपालिका वडानम्बर–८ डक्सुमारे की ४० वर्षकी गीता अर्याल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
माइतिघरमा बस्दै आएकी अर्याललाई मालिका गाउँपालिका वडानम्बर–४ स्थित देउराली पिस पार्कको पश्चिम गेटमा सरसफाइको काम गर्ने निमलाल अर्याललले अचेत अवस्थामा फेला परेको भनेर प्रहरीलाई जानकारी गराएका थिए ।
महिलाले अत्याधिक मापसे गरी हिंड्ने गरेको र विगत ७ वर्षदेखि माइतिघरमा बस्दै आएको खुलेको प्रहरीले जानकारी दिएको छ । साथै घटनाबारे थप अनुसन्धानको लागि डिएसपी दाहालको कमाण्डमा प्रहरी खटिएको छ ।