काठमाण्डू, १२ माघ– प्रहरी प्रधान कार्यालयले १७ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखमा सन्तोष तामाङको सरुवा भएको छ । यसअघिका एसपी महेन्द्र खड्का एसएसपीका बढुवा भएपछि खाली ठाउँमा तामाङको सरुवा भएको हो ।
यस्तै पर्सामा गौतम मिश्र, नुवाकोटमा दुर्गाराज रेग्मी, ललितपुर परिसरमा नरहरि रेग्मी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोकमा नवरत्न पौडेल, उपत्यका सशस्त्र गण महाराजगञ्जमा प्रजित केसी, काठमाण्डू उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा भाग्येन्द्र पुरुष ढकालको सरुवा भएको छ ।
यस्तै चितवनका एसपी भावेष रिमालको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत, महेन्द्रकुमार श्रेष्ठ काठमाण्डू उपत्यका प्रहरी शिक्षालय, राजन लिम्बू जिल्ला प्रहरी कार्यालय चितवन, रामेश्वर कार्की जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र सुरेशप्रसाद काफ्ले सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई र सुवासचन्द्र बोहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी गण नक्सालमा सरुवा भएका छन् ।