अखिल क्रान्तिकारीको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, अध्यक्षमा पाँच जनाको उम्मेदवारी

काठमाण्डु टुडे २०८१ माघ ११ गते १८:११ मा प्रकाशित

काठमाण्डू, ११ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २३ औँ राष्ट्रिय सम्मेलन, दोस्रो चरणको निर्वाचन–२०८१ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।

निर्वाचन समितिले शुक्रवार केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरूको नामावली प्रकाशन गरेको हो । भोली शनिवार (भोलि) हुने निर्वाचनका लागि अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा क्रमस उपदेश कुमार यादव, योगेन्द्र बहादुर बुढा, विजयी प्रकाश शर्मा (सापकोटा), सुदिन पौडेल र हेमन्त राईको उम्मेदवारी परेको छ । अर्का दाबेदार विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै महासचिवमा भने ८ जनाको उम्मेरदवारी परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us