बारामा मृत अवस्थामा एक जनाको शव फेला

काठमाण्डु टुडे २०८१ माघ ११ गते १६:४९ मा प्रकाशित

काठमाण्डू, ११ माघ– बारामा मृत अवस्थामा एक जनाको शव फेला परेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिरको माथिल्लो डाँडामा रहेको प्रतिक्षालयमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

भारत महाराष्ट्र घर भएका ४६ वर्षीय रूद्र गिरी बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us