काठमाण्डू, ११ माघ– गोरखामा कुवामा डुबेर एक जना वृद्धाको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिएका छन ।
करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बिहीबार भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जानकारी दिएको छ ।
घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उनले बताए । परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी प्रहरी निरीक्षक शर्माले जानकारी दिएका छन ।