क्याम्पस हिँडेकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

काठमाण्डु टुडे २०८१ माघ १० गते १७:५४ मा प्रकाशित

काठमाण्डू, १० माघ– प्रहरीले क्याम्पस जाँदै गरेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीबाट एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको विष्णुपुर गाउँपालिका–१ घर भएका १९ वर्षीय युवकलाई पक्राउ गरीएको सप्तरी प्रहरीले जानकारी दिएको छ । ९ माघको बिहान पौने ६ बजेको समयमा विष्णुपुर गाउँपालिका–७ क्याम्पस जान लागेकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ती युवालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्र कुमारले बस्नेतले जानकारी दिएका छन ।

पीडित किशोरीको बाँया हात समेत भाँच्चिएको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका युवकलाई जिल्ला अदालत सप्तरीबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us