सरकारलाई हर्कको आग्रहः ‘थोत्रे गाग्री’लाई संग्रहालयमा राख्नु

काठमाण्डु टुडे २०८१ माघ ९ गते १६:२२ मा प्रकाशित

काठमाण्डू, ९ माघ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारलाई आफूले धरानबाट काठमाण्डू ल्याएको पुरानो गाग्रीलाई संग्रहालयमा राख्न सुझाव दिएका छन ।

मेयर साम्पाङले आज बुधवार फेसबुकमा एक स्टाटस लेख्दै त्यो गाग्रीले करोडौँ नेपालीले बोल्न नसकेको बोली बोलेको भन्दै संग्रहालयमा राख्न सरकारलाई आग्रह गरेका हुन ।

मेयर साम्पाङले लेखेका छन, ‘ करोडौँ नेपालीहरूले बोल्न नसकेको बोली बोल्ने त्यो महान् थोत्रे गाग्रीलाई सलाम छ, संग्रहालयमा राख्नु सम्हालेर त्यसलाई ’ साम्पाङ मङ्गलवार धरानका लागि खानेपानी आयोजनामा बजेट माग्दै थोत्रो गाग्री ल्याएर काठमाण्डू पुगेका थिए ।

त्यहीँ गाग्री लगेर खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्न सिंहदरबार जाँदा सिंहदरबारको दक्षिण गेटबाट उक्त गाग्री प्रहरी खोसेर लगेको थियो। त्यसपछि गाग्री नलगेरै उनले मन्त्री यादवसँग भेटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us