तनहुँ, ९ माघ– तनहुँको डुम्रे बजारस्थित बुधवार बिहान एक घरमा आगलागी भएको छ । बन्दिपुर गाउँपालिका– १ मा पर्ने डुम्रेबजार स्थित केशव अधिकारीको पक्की घरको पाँचौँ तलामा आगलागी भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ ।
आगलागीबाट अन्दाजी ५० मुरी धान, पुराना काठपात तथा झ्याल ढोका र टिनको छानो जली नष्ट भएको भन्दै प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । प्रहरी र स्थानीयको सहयोगमा करिब ४ मिनेटपछि आगो निभाइएको पनि प्रहरीले जनाएको छ ।