काठमाण्डू ८ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता गरेका छन ।
आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुक अफ इडिनबर्गको आशन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिरीको सहभागिता थियो ।