यो सरकार धेरै जान्छ जस्तो लागेको छैनः प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ ८ गते १६:१७ मा प्रकाशित

काठमाण्डू ८ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई अहिलेको सरकार धेरै लामो जान्छ जस्तो नलागेको बताएका छन ।

आज (मंगलबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन ।

यो प्रष्ट भन्दै आएको छु, प्राकृतिक छैन, स्वभाविक छैन, पारदर्शी पनि छैन,’ प्रचण्डले अघि भने, ‘फेरि गरेका काम पनि उल्टा उल्टा हुँदै गएका छन्, अहिले अध्यादेशसम्म आउँदा त लाजैमर्दो भएको छ ।’ प्रचण्डले यसअघि पनि पटकपटक सरकार लामो नजाने दाबी गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us