बाढी पीडित क्षेत्रमा सरकारबाट केही काम भएनः गोकुल बास्कोटा

काठमाण्डु टुडे २०८१ माघ ८ गते १२:३८ मा प्रकाशित

काठमाण्डू ८ माघ– एमाले सांसद गोकुलप्रसाद बास्कोटाले बाढी पीडित क्षेत्रमा सरकारबाट केही काम हुन नसकेको दाबी गरेका छन । आज (मंगलबार) संसद्‍को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले यस्तो बताएका हुन ।

लेखा समितिको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले भने, ‘म पनि बाढी पीडित क्षेत्रको मान्छे हुँ । त्यहाँ केही पनि काम भएको छैन । बीपी हाइवे कति बनेको छ ? पूर्व जाने मधेश झर्ने कति जना हुनुहुन्छ ।’

जनसरोकारका विषयमा समेत संसद्‍मा छलफल आवश्यक रहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us