सरकारलाई गोकुल बास्कोटाको प्रश्नः बजेट पास भयो, कहिले लाग्छ ठेक्का ?

काठमाण्डु टुडे २०८१ माघ ८ गते १२:३१ मा प्रकाशित

काठमाण्डू ८ माघ– एमाले सांसद गोकुलप्रसाद बास्कोटाले बजेट कार्यान्वयनबारे संसदले चासो राख्नुपर्ने बताएका छन । आज (मंगलबार) संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले यस्तो बताएका हुन ।

उनले बजेट खर्चबारे प्रश्न गरेका हुन् । बैठकमा बोल्दै उनले भने, ‘बजेट पास भयो, ठेक्का कति लागे ? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ ? चैतमा ठेक्का लगाएर असारमा भुक्तानी हुन्छन् । अवश्य नै कमजोरी भएका छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us