पोखरा महानगरमा एमाले–काँग्रेसको ताण्डब !

काठमाण्डु टुडे २०८१ माघ ७ गते १७:५३ मा प्रकाशित

पोखरा, ७ माघ–संघीय र प्रदेश सरकारको नेतृत्व गरिरहेका काँग्रेस र एमालेले पोखरा महानगरपालिकामा ताण्डब देखाएका छन् ।

काँग्रेसले महानगरपालिकामा तालाबन्दी गरेको छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा काँग्रेसले सोमबार ताला लगाएको हो ।

एमालेले बहिस्कार गरेपछि सहमतिका लागि भन्दै मेयर धनराज आचार्यले सोमबारका लागि बोलाइएको नगरसभा स्थगन गरेका थिए ।

अघिल्लो कार्यकालमा आफूले राखेका करारका कर्मचारी हटाइएको विरोधमा एमाले जनप्रतिनिधिले नगरसभा बहिस्कार गरेका हुन् ।

बहुमत सदस्य उपस्थित हुँदा पनि मेयरले एकपक्षीय रुपमा नगरसभा स्थगित गरेको भन्दै काँग्रेसले तालाबन्दी गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us