काठमाण्डू, २ माघ– स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथिको थुनछेक बहस बुधबार सकिएको छ । बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो ।
आज बुधबार रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।
दुई जनाको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो । त्यस्तै, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए ।
बहसपछि अब लामिछानेलाई मुद्दा पुर्पक्षका लागि हिरासतमा पठाउने वा बाहिर बसेर नै मुद्दा पुर्पछको सुविधा दिनेबारे अदालतले आदेश दिनेछ ।