संसद् बोलाउन दबाब दिने विपक्षी ६ दलको निर्णय

काठमाण्डु टुडे २०८१ माघ २ गते ११:१४ मा प्रकाशित

काठमाण्डू, २ माघ– विपक्षी दलहरुले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने भएका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको प्रतिपक्षी दलहरुको बैठकले सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको निस्कर्षसहित तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न दबाब दिने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे संयुक्त विज्ञप्ति जारी हुने बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जानकारी दिए ।

बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आमजनता पार्टी, नेसपासहित विपक्षी दलका नेता सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us