काठमाण्डू, १ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेको नेपालको राजनीतिमा थुप्रै विकृति र विसङ्गति देखा परेको दाबी गरेका छन ।
आज ४१ औँ पिस्कर स्मृति दिवसका अवसरमा मंगलबार काठमाण्डुमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले राजनीतिमा विकृति विसङ्गतिहरू देखा परेको पनि बताएका छन ।
अध्यक्ष नेपालले भनेका छन, ‘मुलुक चलाउनुपर्ने जिम्मेवारी पाएका कम्युनिस्ट पार्टीका भनिएका मानिसहरू छन् । तर जनता सन्तुष्ट हुन सकेका छैनन्, ‘कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ ।’
गुर्भाचोभ र यत्सिन पनि कम्युनिस्ट भए पनि उनीहरूले कम्युनिस्टहरू सिध्याएको उदाहरण दिँदै उनले कम्युनिस्टका नाममा गैर कम्युनिस्ट काम भइरहेको बताए । ‘कम्युनिस्टको नाममा गैरकम्युनिस्ट काम गर्नुभएन ।
कम्युनिस्टको नाममा कम्युनिस्टको मर्यादा राख्नुपर्छ’, नेपालले भने, ‘त्याग तपस्या, बलिदानको कीर्तिमान कायम गर्नुपर्छ ।’
राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने नेपालको भनाइ छ ।