काठमाण्डू, १ माघ– चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुने चितवनको माडी नगरपालिका–३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी गौतम मिश्रले जानकारी दिएका छन ।
चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिएका छन ।
घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय माडीको टोली घट्नास्थलतर्फ गएको उनले जानकारी दिए ।