खेलाडी प्रचण्ड चाहियो भन्छन्ः प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ १ गते १५:४८ मा प्रकाशित

काठमाण्डू, १ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले क्रिकेट लगायतका खेलकुदका लागि धेरै काम गरेको बताएका छन ।

आज मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गर्देै अध्यक्ष प्रचण्ड यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्डले भने, ‘क्रिकेटलाई प्रमोट गर्न मैले धेरै गरेको छु,’ अध्यक्ष दाहालले भने, ‘र, क्रिकेटका खेलाडी पूर्व खेलाडी कप्तान सबैले पनि हरेक ठाउँमा क्रिकेटको कुरा आउँदा प्रचण्ड चाहियो भन्ने गर्नुहुन्छ ।’

यस्तै फुटबल त आफू फ्यान नै रहेको दाहालले बताए । उनले भने, ‘फुटबलको त म आफै फ्यान नै हो ।’ फुटबललाई प्रमोट गर्ने कुरामा होस् या कराँतेलगायतका खेल प्रमोट गर्ने कुरामा आफूले धेरै गरेको उनले बताएका छन ।

अध्यक्ष प्रचण्डले भने, ‘भलिबल त म दोस्रो पटक प्रधानमन्त्री हुने बेलामा मैले नै राष्ट्रिय खेलको रूपमा भलिबललाई घोषणा गराएको मन्त्रिपरिषद्बाट । त्यस कारण भलिबलप्रति त मेरो विशेष अभिरुचि, जिम्मेवारी छँदै छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us