काठमाण्डू, १ माघ– एमाले आफुलाई पार्टीकाट निष्कासित गरेपछि पूर्व उपाध्यक्ष समेत रहेका पूर्व गुृहमन्त्री डा.भीम रावलले प्रधानमन्त्री केपी ओलीमाथि वन तथा निकुञ्जको जग्गा भू माफियालाई दिन लागेको आरोप लगाएका छन् ।
मङ्गलवार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै रावलले प्रधानमन्त्री ओलीमाथि यस्तो आरोप लगाएका हुन ।
रावलले लेखेका छन्, ‘प्रधानमन्त्री केपी ओलीको अध्यादेश तन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गासमेत व्यक्तिलाई दिन सकिने प्रपञ्च गर्दै छ, ‘पञ्चायत कालमा समेत प्राकृतिक सम्पदाको संरक्षणका लागि बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भू माफियाको स्वार्थपूर्ति गर्ने खेल हो कि ?’
सरकारी वा सार्वजनिक जग्गामा आँखा लगाउने र आधिपत्य जमाउन ठुला दलका गठबन्धनकर्ता नै देखिएको रावलले थप आरोप लगाएका छन् ।