एसईई परीक्षाको तालिका सार्वजनिक

काठमाण्डु टुडे २०८१ माघ १ गते ८:२२ मा प्रकाशित

काठमाण्डू, १ माघ- यस बर्ष (०८१) मा सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन हुने छ । परिक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ ।

यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने भएको छ । यस्तै परिक्षाको दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ ।

यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी ९इलेक्टिभ इङ्गलिस०को परीक्षा हुनेछ ।

चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख गरिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us