काठमाण्डू, २९ पुस– सत्तारुढ दलहरूले भूमि आयोगको जिल्ला अध्यक्षको भागबन्डा ढुङ्गो लगाएका छन । गठबन्धनमा रहेका कांग्रेस, एमाले र सरकारलाई समर्थन गर्ने दलहरूले भागबन्डा मिलाएका हुन् ।
भागबन्डा अनुसार सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३७९३७ जिल्ला र ३ जिल्ला सरकारलाई समर्थन गरेका दलहरुको भागमा परेको स्रोतले जानकारी दिएको छ ।
नियुक्त गर्न बाँकी जिल्लाहरूमा तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुर रहेका छन् ।