चीनसँग ऋणसम्बन्धी कुनैपनि सम्झौता भएको छैनः परराष्ट्रमन्त्री राणा

काठमाण्डु टुडे २०८१ पुष २९ गते १५:४७ मा प्रकाशित

काठमाण्डू, २९ पुस– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको बताएकी छन । आज (सोमबार) संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैकमा बोल्दै प्ररराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन ।

उनले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनैपनि समझदारी पत्रमा हस्ताक्षर नभएको बताएकी छन । उनले नेपालको कुल गार्हस्थ्य उत्पादन निष्क्रिय जस्तै भएको जानकारी गराएको उल्लेख गर्दै चीन सरकार एड र ग्राण्ट दिनको लागि तयार भएको बताइन्।

चीन सरकारबाट बिआरआई परियोजना अन्तर्गत आउने सबै परियोजनाहरु एड फाइनान्सिङमै आउने पनि बताएकी छन । उनले भनिन्, ‘मैले चीनको परराष्ट्रमन्त्रीज्यूलाई स्पष्टसँग के राखेको छु भने हाम्रो कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० डेथ सर्विसिङमा छ । हामी कुनैपनि प्रकारको ऋण दिने अवस्थामा छैनौं ।

त्यसकारण हामीले तपाईसँग एड र ग्रान्ट मात्र अपेक्षा गरेका छौं भनेर निर्लज्जका साथ प्रश्तुती गरेकी छु । जे हो त्यो त भन्ने पर्यो नि । अहिले हामीले जतिपरि परियोजना यसमा हालेका छौं त्यो सबै एड फाइनान्सिङमै आउँछ । चीन सरकारले पनि के भन्नभुभएको छ भने जतिपनि परियोजना हामीले दिने भनेका छौं त्यही अन्तर्गत आउँछ ।’

बैठकमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगायत विषयमा छलफल भएको हो । बैठकमा चीन भ्रमणका उपलब्धीहरु सार्वजनिक गर्दै मन्त्री राणाले छलफल विभिन्न महत्वपूर्ण सम्झौता भएको उल्लेख गरिन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us