काठमाण्डू, २९ पुस– प्रतिपक्षी चार दलीय समाजवादी मोर्चाको कार्यदल बैठक मङ्गलवार बस्ने भएको छ । प्रचण्ड प्रधानमन्त्रीबाट सत्ताच्युत भएपछि लामो समय निष्क्रिय रहेको मोर्चाको बैठक बुधवार बस्ने टुङ्गो लागेपछि कार्यदलको बैठक भोली बस्न लागको समाजवादी मोर्चाका एक नेताले जानकारी दिएका छन ।
बैठक दिउँसो ३ बजे बस्ने कार्यदल सदस्य एवं नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिएका छन । साउन १ गते माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले मोर्चाको गतिविधिबारे समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो । तर माओवादीले मोर्चालाई बेवास्ता गरेपछि बैठक बस्न सकेको थिए ।
अहिलेसम्म पनि प्रतिवेदन टुङ्गो नलागेको श्रेष्ठले बताए । यता ६ महिनापछि बस्न लागिएको मोर्चाको बैठकले विगतका कामको समीक्षा गरी सरकार विरोधी कार्यक्रम ल्याउनेबारे छलफल हुने श्रेष्ठले जानकारी दिएका छन ।
‘मोर्चाको बैठक पहिला २ गते बस्ने भनिएको थियो । पछि विप्लवजीले आफू बाहिर भएकाले ७ गते मात्र बैठक बस्ने भनिएको थियो । फेरि माघ २ गते नै बैठक बस्ने खबर आएको छ । कार्यदलको बैठकले प्रतिवेदन तयार गरी मोर्चाको बैठकमा पेस गर्नेछौं ।’