विपिन भाइ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री राणा

काठमाण्डु टुडे २०८१ पुष २९ गते १२:४६ मा प्रकाशित

काठमाण्डू, २९ पुस– परराष्ट्र मन्त्री आरजु राणाले हमासको अपहरणमा परेका विपिन जोशी सकुशल रहेको दाबी गरेकी छन । आज सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै प्ररराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन ।

बैठकमा उनले भनिन्– ‘विपिन भाइ सकुशल हुनुहुन्छ । उहाँ फर्केर आउनुहुन्छ भन्ने ढुक्क छु ।’ उनले यो विषयमा कतारको राजदूतसँग फोनमा कुरा भएको बताउँदै राजदूतले त्यहाँका परराष्ट्रमन्त्रीसँग कुरा गराउने आश्वासन दिएको बताइन् ।

उनले भनिन्– ‘कतारको राजदूतसँग फोनमा कुरा गरे । त्यहाँको परराष्ट्रमन्त्रीलाई कुरा राख्छु भन्नुभएको छ । भोलि कतारको परराष्ट्र मन्त्रीसँग फोनमा कुरा गराउँछु भन्नुभएको छ । मलाई कुरा हुने आशा छ ।’मन्त्री राणाले यसअघि ३४ जना रिहा हुन लागेको रिपोर्ट आएको तर पछि होइन भन्ने रिपोर्ट आएको बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us