रवि लामिछानेको थुनछेक बहस जारी

काठमाण्डु टुडे २०८१ पुष २९ गते ११:३६ मा प्रकाशित

काठमाण्डू, २९ पुस– काठमाण्डूको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।

जिल्ला अदालत काठमाण्डूमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिएका छन ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार जिल्ला अदालत काठमाण्डूमा मा उपस्थित भएका थिए ।

लामिछानेविरूद्ध काठमाण्डूमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । तर, आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us