धादिङ, १५ भदौ– धादिङबेसीमा रहेको स्रोत कक्षामा अध्ययनरत २१ बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्य सामग्री सहयोग गरिएको छ ।
काठमाण्डु घर भई हाल इजरायलमा कार्यरत मीना नगरकोटीले स्रोत कक्षामा अध्ययनरत बालबालिकाका लागि १० हजार मूल्य बराबरको खाद्य सामग्री सहयोग गरेकी हुन् । बौद्धिक अभिभावक अपाङ्गता संंघले उक्त कक्षा सञ्चालन गर्दै आएको छ ।
नगरकोटीका तर्फबाट पूर्वसभासद् एवम् एकीकृत माओवादीका जिल्ला नेता वीरबहादुर तामाङले १० हजार मूल्य बराबरको खाद्यान्न संघका अध्यक्ष विश्वराज अधिकारीलाई हस्तान्तरण गरे ।
संघले बौद्धिक अपांगता भएका बालबालिकाका लागि छ कोठा भाडामा लिएर स्रोत कक्षा सञ्चालन गर्दै आएको छ ।