काठमाण्डू, २८ पुस– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका छन ।
आज (आइतबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरिले यस्तो बताएका हुन । उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका हुन् । दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताउँदै उनले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवद्र्धन हुने बताएका छन ।
उनले भने, ‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका सर्वप्रथम माथि रहन पुग्छ, ‘त्यति मात्र होइन, दलहरू नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने र दलको भुमिकामार्फत नै यसलाई प्रवद्र्धन गर्दै अघि जाने कुराहरू हुन्छन् ।’
राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका मतलाई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताएका छन ।