काठमाण्डू, २८ पुस– पर्सामा ट्याक्टरबाट लडेर दुर्घटाना हुदाँ एक जनाको मृत्यु भएको छ ।
पर्साको वीरगन्ज महानगरपालिका-१७ अलौगाँउस्थित सडकमा ना.६ त ३३४ नम्बरको ट्याक्टरबाट लडेर जगरनाथपुर गाउँपालिका भिखमपुर पिपरा बस्ने ४५ वर्षीय शिवकुमार कुर्मीको शनिवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जानकारी दिएको छ ।
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।