काठमाण्डू, २८ पुस– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नभएकोप्रति आपत्ति व्यक्त गरेका छन ।
आज (आइतबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले संसद् बोलाउन ढिलो भएकोप्रति प्रश्न गरेका छन ।
उनले भने, ‘के कारणले संसद् नबोलाइएको हो रु वास्तवमा यो मैले भनिरहेको होइन, जनसाधारणलाई समेत खुल्दुली छ । त्यो कारण पत्ता लागेको छैन,’ सापकोटाले प्रश्न छ । आफू सभामुख हुँदा मंसिर २८ गतेसम्म अधिवेशन आह्वान भएको भएपनि अहिले किन ढिलो भएको भन्ने उनको प्रश्न थियो ।
संसद् अधिवेशन किन नबोलाइएको भन्ने जानकारी आम नागरिकले बुझ्न चाहेको उनको भनाइ थियो । उनले भने, ‘त्यही संसद्बाट राष्ट्रपतिको जन्म हुन्छ, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको जन्म हुन्छ, सभामुखकै जन्म हुन्छ ।
त्यस्तो संस्थालाई त्यत्तिकै राख्नु हुँदैन । म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद् सुचारु भएको छ । यत्ति ढिला बोलाउने कुरा भएको छैन ।’