पूर्वमन्त्री शाहलाई पितृ शोक

काठमाण्डु टुडे २०८१ पुष २८ गते १४:४० मा प्रकाशित

काठमाण्डू, २८ पुस– पूर्व सञ्चारराज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ । हिजो शनिबार बिहान एक सय वर्ष तीन महिना उमेरका शाहको निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

१९८१ साल असोज दशैं टीकाको दिन अछामको रिडिकोट ९हाल साँफेबगर नगरपालिका–७० जन्मिएका शाह बूढानीलकण्ठस्थित छोराहरुसँग बस्दै आएका थिए । शाह अछाममा शिक्षासेवी र समाजसेवी रुपमा चिनिन्थ्ये ।

शाहका साइला छोरा गोविन्दबहादुर शाह अछामको पूर्वसांसद, पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् भने साइला छोरा राजेन्द्रबहादुर शाह व्यवसायी र कान्छो छोरा टक्करबहादुर शाह नेपाली कांग्रेस अछामका सचिव छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us