पाल्पामा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २८ गते १३:२७ मा प्रकाशित

काठमाण्डू, २८ पुस– पाल्पामा फोर्स गाडीले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका९११ सामाकोटकी ४६ वर्षीया सिता गहजराज रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ ।

बुटवलबाट गुल्मीतर्फजाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट घाइते भएकी गहतराजको उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

तानसेन रिडी सडक खण्डको सामाकोट नजिकै हिँडिरहेको अवस्थामा गाडीले ठक्कर दिएपछि घाइते गहतराजलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको थियो ।

ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us