चारकोसे जंगलबाट भरुवा बन्दुकसहित पाँचजना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष २८ गते १३:१८ मा प्रकाशित

काठमाण्डू, २८ पुस– प्रहरीले धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार राति प्रहरीले १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको केन्द्रीय समाचार ब्यूरोले जनाएको छ । उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us