वैदेशिक रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष २७ गते १६:१५ मा प्रकाशित

काठमाण्डू, २७ पुस– प्रहरीले वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ उर्लावारी– ५ नमुनाटोल घर भई हाल ललितपुर–२७ सुनाकोठी बस्दै आएका ४७ वर्षीय भुमिका देवान रहेको प्रहरीले जानकारी दिएको छ ।

उनले युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us