राप्रपाको जलपान समारोह

काठमाण्डु टुडे २०८१ पुष २७ गते १५:५० मा प्रकाशित

काठमाण्डू, २७ पुस– आज शनबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाण्डूको भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम गरेको छ।

सो कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका छन्। राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न पेसागत संघसंस्थाका प्रमुखहरू, कलाकार, खेलाडी लगायत सामाजिक जीवनका विभिन्न व्यक्तिहरूलाई निमन्त्रणा पठाएको थियो ।

यसअघि पार्टीले दरबारमार्ग स्थित महेन्द्र सालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको सालिकसम्म राष्ट्रिय एकता ऱ्याली गरेको थियो । त्यसपछि पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us