पृथ्वीनारायणको सालिकमा १०८ फिट लामो माला

काठमाण्डु टुडे २०८१ पुष २७ गते १२:४४ मा प्रकाशित

काठमाण्डू, २७ पुस– आज (शनिबार) राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ ।

सोही क्रममा शिव सेना नेपालले पनि राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहदेवको सालिकमा पुष्पगुच्छा अर्पण गरेको छ ।

सो सङ्गठनले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण साहको सालिकमा १०८ फिट लामो माला चढाएको छ । सो कार्यक्रममा शिव सेना नेपालका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us