चुनावका सहयात्री ओली र लिङदेनबीच बालुवाटारमा भेट

काठमाण्डु टुडे २०८१ पुष २६ गते ११:३२ मा प्रकाशित

काठमाण्डू, २६ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् ।

ओली भेट्न लिङदेन बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार पार्टीले राजधानीमा आयोजना गरेको चियापानको निम्तो दिन ओलीलाई भेटेको बताए ।

ओली र लिङदेनबीच समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको थियो । झापा निवासी ओली र लिङदेन राजनीतिक रुपमा एकअर्काका सहयोगीका रुपमा चिनिन्छन् ।

पछिल्ला दुई निर्वाचनमा एमालेले लिङदेनलाई झापा–२ र राप्रपाले ओलीलाई झापा–५ मा सहयोग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us