पोखराबाट काठमाण्डू आउँदै गरेको माइक्रो बस गल्छीमा ट्रकसँग ठोक्कियो

काठमाण्डु टुडे २०८१ पुष २५ गते २०:०२ मा प्रकाशित

काठमाण्डू , २५ पुस–पोखराबाट माठमाण्डु आउँदै गरेको माइक्रोबस धादिङमा ट्रकसँग ठोक्किएको छ ।

ग२ख ६६६ नम्बरको माइक्रो र विपरीत दिशामा रहेको ट्रकसँग पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ बेल्खुमा बिहीबार दिउँसो ठोक्किएको हो ।

दुर्घटनामा माइक्रो बसमा सवार १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक विदेशी पर्यटक र एक २२ महिनाकी बालिकासमेत रहेको प्रहरीले जनाएको छ ।

धादिङ प्रहरीका डिएसपी सुवास हमालले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि काठमाण्डुस्थित ट्रमा सेन्टर पठाइएको जानकारी दिए । उनका अनुसार ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us