पर्वत, १५ भदौ– एउटै बोकाको तौल १ सय ३ किलोभन्दा बढी भन्ने सुन्दा पत्याउनुहुन्छ ?
सदरमुकाम कुस्माको छमर्केमा छविलाल पुनले पालेको बोकाको तौल १ सय ३ किलोग्राम पुगेको छ । महिला महोत्सवमा प्रर्दशन गर्न ल्याइएको उक्त बोका सबैको आकषर्क बनेको छ ।
जमुनापारि जातको उक्त बोका अहिले २१ महिनाको भएको पुनले बताए । उसको माउले यस बोकासँगै अन्य २ पाठीलाई जन्म दिएको थियो ।
पाठीहरु बिक्री गरिसकियो’, उनले भने, ‘यसलार्इ ब्याडे पाल्न भनेर राखेर हुँ ।’ उनले पालेका अरु बोका ९० किलोसम्मका भएका थिए । बोकालाई ५० हजार रुपैयाँ दिइएको भए पनि आफूले नबेचेको उनले सुनाए ।