रौतहट, १५ भदौ– कृषिमन्त्री हरिप्रसाद पराजुलीका पीए भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा रौतहटमा २ कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नापी शाखा रौतहटका कार्यालय सहायक अपधेश यादव र खेसरहिया गाविसका प्राविधिक सहायक प्रमोदकुमार यादव छन् ।
जिल्ला कृषि कार्यालय रौतहटका प्रमुख राजनारायण यादवलाई मन्त्रीको नक्कली पीए बनेर ठगी गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भीम ढकालले जानकारी दिए ।
राजधानी दैनिकबाट