काठमाण्डू, २५ पुस– विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारत नागरिक मृत अवस्थामा भेटिएका छन । भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत अवस्थामा फेलापरेको प्रहरीले जानकारी दिएको छ ।
साह भारतीय कपडा कम्पनी सियारामका कर्मचारी रहेको खुलेको मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन । कम्पनीका अन्य कर्मचारीसहित उनी कार्यक्रमका लागि विराटनगर आएका थिए ।
बुधबार साँझमा कक्टेल डिनेर (मदिरासहित रातिको खानपान) गरेर सुत्न गएका उनी बिहीबार बिहान मृत भेटिएका हुन् । होटलमासँगै रहेका अन्य साथीले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनको शवको पोस्टमार्टमका लागि परिवारका सदस्यलाई विराटनगर लाइएको जोशीले जानकारी दिएका छन । धेरै मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।