सल्यानमा ट्याक्टर दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २४ गते १४:०६ मा प्रकाशित

काठमाण्डू, २४ पुस– सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–१, मयानी भन्ने गाउँका अन्दाजी ४९ वर्षीय क्षेत्रबहादुर खत्री रहेको सल्यान प्रहरीले जनाएको छ ।

आज बिहान सोही ठाउँको भालुमारेदेखि मयानी जाँदै गरेको लु.प्र०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटनामा परेको सल्यान प्रहरीले जानकारी दिएको छ । ट्याक्टर सडकबाट केही तल खसेको छ ।

ट्याक्टर चालक भने अहिले फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us