काठमाण्डू, २४ पुस– संघिय संसद अन्तर्गत प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन्। यस अघि कोइराला सहकारी ठगी प्रकरणमा फरार रहेकी थिइन ।
बुधबार अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहस सुरू हुने तयारी रहेको जिल्ला अदालत मोरङ स्रोेतले जानकारी दिएको छ । मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्। सोही प्रकरणमा नाम जोडिएकी कोइराला बुधबार बिहान अदालत खुल्ने समयमै हाजिर भएकी हुन्।