मिनबहादुर गुरुङलाई जग्गा फिर्ता गरौंः एमाले नेता भट्टराई

काठमाण्डु टुडे २०८१ पुष २३ गते १९:०२ मा प्रकाशित

काठमाण्डू, २३ पुस– एमाले नेता खिमलाल भट्टराईले विवादास्पद व्यवसायी मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा लिने निर्णयप्रति आपत्ति जनाएका छन् ।

पार्टी केन्द्रीय समिति बैठकमा मंगलबार बोल्दै भट्टराईले उक्त जग्गा गुरुङलाई फिर्ता गर्नुपर्ने बताए ।

‘हामी हाम्रो कार्यालय आफैं बनाउन सक्छौं’, भट्टराईले भने, ‘मिनबहादुर गुरुङलाई धन्यवाद दिएर जग्गा फिर्ता गरौं ।’

कम्युनिष्ट पार्टीमा दान र चन्दा स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो ।

गुरुङले बल्खुको खसी बजार नजिकै एमाले कार्यालय भवन बनाउने प्रयोजनका लागि ११ रोपनी जग्गा दान दिएका थिए । उक्त प्रकरणलाई लिएर जनस्तरबाट एमाले नेतृत्वको चर्को विरोध भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us