भीम रावललाई दुर्गा प्रसाईंका मान्छेले केही समय उचाल्छन्ः ओली

काठमाण्डु टुडे २०८१ पुष २३ गते १८:१२ मा प्रकाशित

काठमाण्डू, २३ पुस– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भीम रावलका कारण पार्टीलाई कुनै क्षति नपुग्ने दाबी गरेका छन ।

आज मंगलबार केन्द्रीय समिति बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले संकटका बेला पनि जोगिएको पार्टीमा अहिले कुनै समस्या नरहेको बताएका छन ।

‘दुर्गा प्रसाईका मान्छेहरुले भीम रावललाई केही समय उचाल्छन्, सुरुसुरुमा यस्तै हो’ ओलीले भनेका छन्, ‘केही समयपछि यो सबै सकिन्छ सकिन्छ ।’तर केही दिन दुर्गा प्रसाईं, माओवादी र एसका मान्छेहरुले भीम रावललाई उचाल्ने ओलीको दाबी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us