जनार्दनलाई प्रचण्डले भनेः तपाईको सवालमा ओलीजस्तो हुनसक्थ्यौँ, तर त्यसो गरेनौँ

काठमाण्डु टुडे २०८१ पुष २३ गते १७:५५ मा प्रकाशित

काठमाण्डू, २३ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र बहसको वातावरण बनाएर राम्रो गरेको भन्दै जनार्दन शर्मालाई धन्यवाद व्यक्त गरेका छन ।

केन्द्रीय समितिको पूर्ण बैठकमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले बहसको वातावरण बनाएकोमा उपमहासचि शर्मालाई धन्यवाद दिएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘हामी केपी ओलीजस्तो हुन पनि सक्थ्यौँ जनार्दनको सवालमा,’ पार्टीभित्र फरक विचार राखेका भीम रावललाई हालै एमालेले कारबाही गरी पार्टीबाट निष्कासन गरेकोतर्फ संकेत गर्दै भने, ‘तर, त्यसो गर्नु राम्रो हुन्थेन । पार्टीमा बहसको वातावरण बनाएर जनार्दनले ठिकै गर्नुभयो । उहाँलाई धन्यवाद छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us