देउवा भेट्न बूढानीलकण्ठ पुगे राप्रपा अध्यक्ष लिङ्देन

काठमाण्डु टुडे २०८१ पुष २३ गते १७:०१ मा प्रकाशित

काठमाण्डू, २३ पुस– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

कांग्रेस सभापति देउवालाई भेट्न लिङ्देन आज देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।

श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us